【व्यक्तिगत जानकारी सुरक्षा नीति】
सार्वजनिक सम्मिलित संस्था, जापान केयर वर्कर संघले व्यक्तिगत जानकारीको महत्त्वलाई पहिचान गरी, व्यक्तिगत जानकारी सुरक्षा नीति बनाई, निम्न कुराहरूको पालना र कार्यान्वयन गरी, व्यक्तिगत जानकारीलाई सधैं सुरक्षित राख्नेछ|
- १. जानकारी सङ्कलन
- तपाईंले दर्ता गर्ने व्यक्तिगत जानकारी, यस कन्टेन्ट प्रयोगकर्ता निश्चय गर्न, अध्ययन प्रगति स्थिति थाहा पाउन र विश्लेषण गर्नको लागि आवश्यक पर्ने दायरामा सङ्कलन गरिनेछ।
- २. प्रयोग उद्देश्य
- तपाईंले दर्ता गर्नुभएको व्यक्तिगत जानकारी, यस कन्टेन्ट प्रयोगकर्ता निश्चय गर्न, यस कन्टेन्ट प्रयोगकर्ताको अध्ययन प्रगति स्थिति थाहा पाउन र विश्लेषण गर्न, यस कन्टेन्टको प्रयोग स्थिति विश्लेषण गर्न र यस कामको जिम्मा दिएको संस्था (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय) लाई कामको रिपोर्ट सम्बन्धी जानकारी प्रदान गर्न बाहेक यस कन्टेन्टको गुणस्तर सुधार आदिको लागि जानकारी सङ्कलन आदि गर्न मात्र प्रयोग गरिनेछ।
- ३. दर्ता रद्द आवेदन
- यस कन्टेन्ट प्रयोगकर्ताले कुनै पनि बेला दर्ता रद्द गर्न सक्नुहुनेछ तर एक पटक दर्ता गरिएको व्यक्तिगत जानकारी दर्ता रद्द गरिएपछि पनि यस कन्टेन्टको गुणस्तर सुधार आदिको लागि प्रयोग गरिनेछ।
बन्द